पहिरोले पुरिएको एउटा शव फेला,अझै ३ जना बेपत्ता
५१ घर उच्च जोखिममा (बच्चा काखमा च्यापेर तीन दिनदेखि ओढारमा ) यातायात ठप्प, खोजी कार्य र उद्धारका लागि सास्ती
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भइरहेका ४ मध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको छ । तीन जनाको भने खोजी कार्य भइरहेको छ । बेपत्ता भएका ४ मध्ये तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख ९डीएसपी० राजन लिम्बूले मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, उहाँकी बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिरोले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको हो । यादव भने सिरिजङ्गा गाउँपालिका–५ पेदाङस्थित दिदीको घरमा जानुभएको थियो । पहिरोले घरमा रहेका यादवका श्रीमती, बुहारी र नातिलाई बगाएको छ । यस्तै बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेशलाई पहिरोले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका–३ आङखोप इलाबोटे स्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी ४ वटा घरहरू बगाई पूर्ण रूपमा क्षति पु¥याएको छ । मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिरोले त्यहाँ करिब २० घरपरिवार जोखिममा परेको समेत प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता हुनेहरूको अहिले खोजी कार्य शुरू भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । प्रनाउ लिम्बूका अनुसार बेपत्ता हुनेहरूको खोजी गर्ने कार्यमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ । यता वर्षाको क्रम निरन्तर रहेकाले पहिरोले पुरिएर बेपत्ता हुनेहरूको खोजी तथा अन्य जोखिममा परेकाहरूको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । यद्यपि, मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी कार्य र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिईसकेको प्रजिअ चेम्जोङले बताउनुभयो ।
यसै गरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँठाउँमा भौतिक संरचनामा क्षति पु¥याएको छ । स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङको सहित तीन घर पहिरोले बगाएको छ । त्यस्�

