२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बलर चुक्दा जिम्वाबेसँग नेपाल पराजित


0
Shares

काठमाडौं, ३ असार । विश्वकप क्रिकेटमा नेपालले जिम्वाबेलाई पराजित गर्ने मौका चुकाएको छ । नेपाली खेलाडीहरुले राम्रो ब्याटिङ गरी २९० रन बनाएपनि बलरहरु चुकेका छन् ।

जिम्वाबेका लागि २९१ रनको लक्ष्य कठिन थियो । तर, उसका ब्याट्यम्यानहरु जम्दा नेपालले नमीठो हार व्यहोरेको छ । सुरुवाती ब्याट्सम्यानहरु दुईजनाले शतक बनाउँदा जिम्वाबेले रोचक जित निकाल्यो ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर २९० रन बनायो । नेपालका कुशल भुर्तेल ९९ रन बनाउन सफल भए । कुशल मल्लले ४१ र अशिफ शेखले ६६ रन बनाए ।

प्रतिक्रिया