२३ भाद्र २०८१, आइतबार | September 8, 2024

ताप्लेजुुङमा पहिरो : एकै परिवारका ३ सहित ४ जना बेपत्ता


0
Shares

काठमाडौं, ३ असार । गएराति देखि परेको अविरल वर्षाका कारण ताप्लेजुङमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् ।

सिदिङवा गाउँपालिका ६ मेहेदमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या, नाती प्रज्वल बेपत्ता भएको प्रहरीले जनाएको छ । छिमिकी गणेश तामाङ पनि बेपत्ता भएका हुन् । बेपत्ता भएका ४ जनाको खोजी भइरहेको छ ।

प्रहरीको अनुसार गएराति ताप्लेजुङमा ठुलो वर्षा भएको थियो । वर्षासँगै गएको बाढीले दोभान,ढुंगे लगायतका क्षेत्रमा कटान समेत गरेको छ ।

अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको जनाइएको छ ।

प्रतिक्रिया