२३ भाद्र २०८१, आइतबार | September 8, 2024

राष्ट्रपति पौडेलको कस्तो छ स्वास्थ्य अवस्था ?


0
Shares

काठमाडौं, २ असार । मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

सेन्टरले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।
मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले पौडेललाई आज बिहान ५ बजे अस्पताल भर्ना गरिएको सेन्टरले जनाएको छ ।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।

 

 

प्रतिक्रिया