१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बसपार्कबाहिरका टिकट काउण्टरको बोर्ड हटाउन सुरु


0
Shares

काठमाडौं, १ असार । नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टर हटाउन सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाले आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाउन सुरु गरेको हो । काउन्टर हटाउन नगर प्रहरी र नेपाल प्रहरी पनि परिचालन गरिएको छ ।

जथाभावी टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा पनि कठिनाई भएको, यात्रुहरु ठगिएको भन्दै धेरै गुनासो आएपछि महानगरले बसपार्कबाट मात्र टिकट काट्ने निर्णय गरेको हो ।  महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने भएको छ ।

बिहीवार महानगरले यस्तो निर्णय गरेको हो । काठमाडौं महानगरपाकिलाका प्रमुख बालेन्द्र साहको उपस्थितिमा वैशाख २९ गते बसेको बैठकले यो निर्णय गरेको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया