बन्दिपुरको सार्वजनिक सुनुवाइ कार्यक्रम भोलि
काठमाडौं, ३१ जेठ । तनहुँको बन्दिपुर गाउँपालिकाले भोलि (बिहीबार) सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
गाउँपालिकाले सार्वजनिक निकायको रुपमा चालु आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन भएका सेवा प्रवाह,विकास निर्माणलगायतका विविध गतिविधिहरुको बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा गाउँपालिकाभित्रका सरकारी–गैरसरकारी कार्यालयका प्रमुख वा प्रतिनिधिहरु,स्थानीय संघ संस्थाका प्रमुख/प्रतिनिधिहरु र बन्दिपुर गाउँपालिकाका सम्पुर्णवासीहरुलाई उपस्थिति हुन गाउँपालिकाले आग्रह गरेको छ ।
बिहीबार बिहान ११ बजे गाउँपालिका कार्यालयको सभाहलमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
हेर्नुहोस् सूचना