१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज डिस्चार्ज हुँदै राष्ट्रपति


0
Shares

काठमाडौं, ३१ जेठ । मंगलबारदेखि काठमाडौंको शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचारच राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् । पौडेल मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

हृदयघात भएपछि उनको आकस्मिक उपचार गरिएको हो । ७९ वर्षीया पौडेललाई एनजिओग्राफी गरिएको हो । विश्वस्त स्रोतले बताए अनुसार हृदयघात देखिएपछि एनजिओग्राफी गरी मुटुको भल्व खोलिएको हो । २४ घन्टा निगरानीमा रहनुपर्ने भएकाले उनलाई मंगलबार अस्पतालमै राखिएको हो ।

उनी चैत्रमा राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपति पौडेललाई वैशाखको सुरुमामा भारतमा उपचारका लागि लगिएको थियो । उनको पेटमा समस्या देखिएको थियो । भारतबाट फर्किएपछि उनलाई फेरि अर्को ठूलो समस्या देखिएको हो । उनले लामो समय नेपाली काँग्रेसबाट राजनीति गरे ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया