१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतले दियो ट्वीटर बन्द गर्ने चेतावनी


0
Shares

एजेन्सी, ३० जेठ । भारतले ट्वीटर बन्द गर्ने चेतावनी दिएको छ । ट्वीटरले भारतको कानून उल्लंघनहरु गरेको भन्दै बन्द गर्ने चेतावनी दिएको हो ।

भारतले पटक पटक कतिपय एकाउन्ट र पोष्टहरु हटाउन ट्वीटरलाई औपचारिक रुपमा भनेको खुलेको छ । त्यसको पालना नभएपछि भारतले कडा कदम चाल्ने चेतावनी दिएको छ ।

भारतमा पृथकतावादी खालिस्तानी गतिविधि र सत्तारुढ भारतीय जनता पार्टीलाई चुनौती दिने गरी भएको किसान आन्दोलनका गतिविधिलाई साथ दिने प्रकारका एकाउन्टहरु सञ्चालनमा आएकोमा भारतले चासो लिएको छ । त्यस्ता एकाउन्टहरु बन्द गर्न भनेको थियो ।

भारतले ट्वीटर बन्द गर्ने देखि कर्मचारीमाथि कारबाही गर्ने सम्मको चेतावनी दिएको ट्वीटरका पूर्व प्रमुख ज्याक जोरसेले खुलाएका छन् । भारतमा गलत सूचनासम्बन्धी कानून निकै कडा छ । यस्तो सूचना प्रवाह गरेमा जेल समेत पठाइन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया