४ वर्षीया बालिकालाई जबरजस्ती गर्ने १६ वर्षीय किशोर पक्राउ

उदयपुर,२९ जेठ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टाmेीले किशोरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।