२३ भाद्र २०८१, आइतबार | September 8, 2024

गर्मी बढेपछि बन्दिपुरका विद्यालय ५ दिन बन्द


0
Shares

काठमाडौं, २८ जेठ । अत्यधिक गर्मी बढेपछि धमाधम विद्यालयहरु बन्द हुन थालेका छन् । तनहुँको बन्दिपुर गाउँपालिकाले अत्यधिक गर्मी बढेपछि विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परेको भन्दै ५ दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

भोलि सोमबारदेखि असार १ गते शुक्रबारसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले पठनपाठन नगराउन गाउँपालिकाले निर्देशन दिएको छ ।

“पछिल्ला केही दिन यता बढेको गर्मिले विद्यार्थीहरुमा गम्भिर असर नपरोस भन्ने उद्देश्यले ५ दिन वर्षे बिदा कट्टिने गरी बिद्यालय बन्द गर्न निर्देशन दिएका छौं ।”– गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले भन्नुभयो ।

प्रतिक्रिया