डिएलए नेपालको अध्यक्षमा सीताराम केसी निर्वाचित

काठमाडौं, जेठ २८ । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को अध्यक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी विजयी भएका छन् ।
पूर्वी चितवनको रत्ननगरमा सम्पन्न ११औं महाधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट १ हजार ४ सय एक जना प्रतिनिधि सहभागी रहेका थिए ।