२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बन्दिपुर गाउँपालिकाद्वारा हाते ट्याक्टर र कुटानी पिसानी मेसिन वितरण


0
Shares

काठमाडौं, २३ जेठ । बन्दिपुर गाउँपालिकाले कृषि आधुनिकिकरणका मेसिनरी साधन हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बार्षिक कार्यक्रम अन्तरगत ८ वटा हाते ट्याक्टर र ८ वटा कुटानी पिसानी मेसिन हस्तान्तरण गरेको हो ।

बन्दिपुर गाउँपालिका–२ पार्चेको साना कृषि व्यवसायिक समुहलाई मकै पकेट क्षेत्र अन्तर्गत उक्त सामान हस्तान्तरण गरेको अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । हाते टयाक्टर र कुटानी पिसानी मेसिन ५० प्रतिशत अनुदानमा कृषकहरुलाई गाउँपालिकाले हस्तान्तरण गरेको हो ।

यी मेसिनले हल्थुम्का,पार्चे,कामीहाँडा, बट्टार, थारुबास, सिमल्टारलगायतका कृषकहरुलाई राहत पुग्ने अध्यक्ष थापाले बताउनु भयो । साना कृषि व्यवसायिक समुहलाई बिउसहित मेसिन हस्तान्तरण गरेको जानकारी दिँदै थापाले

मकै खेती उन्नत तरिकाले गर्न सहज हुने र मकै धेरै उत्पादन हुने पनि दाबी गर्नुभयो । ‘धेरै जसो युवाहरु विदेशिएको र घरमा बुवाआमा मात्रै भएको हुनाले उहाँहरुलाई राहत दिनकै लागि टोलटोेलमै कुटानी पिसानी मेसिन उपलब्ध गराएका हौं ।’ –थापाले भन्नुभयो ।

बन्दिपुर गाउँपालिकाले केही दिन अघि ९० प्रतिशत अनुदानमा ४६ घरलाई घारसहित जिल्ला कृषि ज्ञान केन्द्रको सहयोगमा मौरी वितरण गरेको छ ।

 

प्रतिक्रिया