३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रतिनिधि सभाको बैठक बस्दै


0
Shares

काठमाडौं, २१ जेठ । आज प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बैठक बोलाइएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ ।

संघीय संसद् अन्तर्गतको संसद बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयको अनुसार बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदमा जवाफ माग गर्ने भएको छ ।

प्रतिक्रिया