२७ पुस २०८२, आइतबार | January 12, 2026

ओडिसामा रेल दुर्घटना,२३३ जनाको मृत्यु, ९०० घाइते


0
Shares

एजेन्सी, २० जेठ । ओडिशाको बालासोर जिल्लामा एक दर्दनाक रेल दुर्घटना भएको छ। प्राप्त जानकारी अनुसार हावडा–शालिमार एक्सप्रेस शुक्रवार साँझ लगभग ७ : २० बजे बहंगा स्टेशन नजिक पटरीबाट खसेको थियो, जसमा २३३ जनाको मृत्यु भएकोअन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । जबकि ९ सय भन्दा बढी घाइते भएका छन् ।

ओडिशामा कोरोमण्डल एक्सप्रेस (१२८४१–अप) बालासोर जिल्ला अन्तर्गत बहंगा स्टेशनबाट दुई किलोमिटर, पनपाना नजिक शुक्रबार साँझ दुर्घटनामा परेको छ।

कोरोमण्डल एक्सप्रेस बैंगलोर–हावडा एक्सप्रेससँग ठोक्किएको थियो। खड़गपुर डीआरएमले यसको पुष्टि गरेका छन्। यसअघि कोरोमण्डल एक्सप्रेस बेंगलुरु हावडा एक्सप्रेससँग ठोक्किएर पटरीबाट खसेको थियो । यो दुर्घटनामा दुबै रेलका १२ वटा डिब्बा पटरीबाट खसेका छन् ।

 

प्रतिक्रिया