‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

काठमाडौं, १७ जेठ । सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आधारित नेपाली चलचित्र अन्तिम संस्कारको ट्रेलर सार्वजनिक भएको छ ।
बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा अभिनेता विजय लामा र अभिनेत्री दिया पुनले मुख्य अभिनय गरेका छन् ।
‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ ।
बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको समपदन रहेको चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । चलचित्र असार ८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।