३१ भाद्र २०८१, सोमबार | September 17, 2024

रेशम चौधरीविरुद्ध आममाफीको मुद्दाको आज सुनुवाइ हुँदै


0
Shares

काठमाडौं, १७ जेठ । पूर्वसांसद रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि दर्ता भएको रिटको आज सुनुवाइ हुँदैछ । टिकापुर नरसंहारमा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा बोहोरा कडायतले आइतबार रिट दायर गरेकी थिइन् । रिटको सुनुवाइ गर्न आजको लागि अदालतले पेसी तोकेको छ । चौधरी टिकापुर हत्याकाण्डका मुख्य योजनाकार हुन् ।

प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिएका थिए । उनी जेठ १५ गते नै डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा थिए । उनलाई अदालतले तोकेको जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भएपछि उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाएका छन् ।

प्रतिक्रिया