अब गणतन्त्रवादीबाट गणतन्त्रको अन्त्येष्टि
हेमशंकर गिरि । मुलुकको समग्र बिकास,जनतामा समृद्दि राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, सार्बभौमिकता र आन्तरिक राष्ट्रियता मजबुत पार्ने उद्देश्यले हुने र ल्याईने परिवर्तनहरुलाई स्वभाविक अनि समयानुकुल आवश्यकता मानिन्छ । त्यस प्रकारको उद्देश्यमा भएको परिवर्तनहरुले राष्ट्रको ईतिहांस, धर्म संस्कृति, सभ्यता, मौलिक पहिचान र अखण्डतालाई सुरक्षि बनाउंछ साथै नागरिकको जीवनशैलीमा समेत सकारात्मक परिवर्तनपनि ल्याउंछ । नेपालमा भएको हरेक परिवर्तनहरुमा भने यसप्रकारको उद्देश्य र लक्ष्यमा निहित थिएन । पृथ्विनारायण शाहले नेपाल राष्ट्र एकीकरण गर्ने क्रममा नै वर्तमान नेपालको दुरावस्थाको आंकलन गरेर नै होला नेपाललाई दुई ढुंगाबिचको तरुलको संज्ञा दिंदै दक्षिण छिमेकी धुर्त र बिस्तारबादी अनि उत्तरतर्फलाई बुझ्नै नसकिनेको रुपमा संकेत गरेका थिए। त्यसैगरी पश्चिमाहरुको साम्राज्यबादी नीतिलाई बुझेर नै नेपालमा आफ्नो गतिविधि बढाउनकै लागि ब्यापारीका रुपमा प्रबेश गरेका पादरीहरुलाई देश निकाला समेत गरेका थिए ।
त्यसैको प्रतिशोधमा अंग्रेज जनरल कर्कपेट्रिक र केपुचिन पादरीहरुले भ्रमपुर्ण ईतिहास लेखेर नेपाली समाजमा साम्प्रदायिक द्वयस र बिखण्डनको बिषवृक्ष रोपी दिएका थिए । अहिले त्यही बिषबृक्षले जरा फैलाएको अवस्था छ । धर्मको आवरणमा साम्राज्यबाद लाद्ने त्यसपछि भु रणनितिक लक्ष्य हासिलपनि गर्ने अनि अर्थतन्त्रका मेरुदण्डमा कब्जा जमाउने पश्चिमा मिशनरी र नेपालको भुराजनितिक नक्सालाई खुम्च्याई आफ्नो भुराजनितिक नक्साभित्र पार्ने साथै शासन र सत्तामा समेत आफ्नो सुक्ष्म ब्यवस्थापनमा राख्न चाहाने दक्षिणी शक्तीबिच नेपाल मामलामा ज्वाईण्ट अपरेशनल युनिटको गठन पश्चातको कार्यगत एकताबाट निश्चित गरिएको कपटपुर्ण खेल अन्तरगत २०४६, २०५२ फागुन १ र २०६२र६३ को रचना भएको थियो । अझ भन्नुपर्दा २००७ सालपछि भारतका नेहरुले तयार पारेको डक्ट्रिनलाईपनि कार्यान्वयनमा ल्याउंदै गर्दाको परिणामपनि हो ।
२००७ साल फागुन ७ गतेदेखि २०१७ साल मंसीर मसान्तसम्म आईपुग्दा नेपालको सार्बभौमिकता,स्वतन्त्रता र स्वाधिनताको प्राण लगभग गइसके�
