७ कार्तिक २०८१, बुधबार | October 23, 2024

मोटरसाइकलमा लागूऔषध बोकेपछि…


0
Shares
 काठमाडौं,११ जेठ । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित एकजना पक्राउ परेका छन् । काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय बिनायक श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२-०४० प.८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका १ बस्ने २६ वर्षीय बिपिन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया