१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइदै,उपत्यकामा आज सार्वजनिक बिदा


0
Shares

काठमाडौं, ११ जेठ । रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्रा मनाइँदै छ । सबैभन्दा लामो जात्राको रूपमा परिचित वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा आज भोटो देखाइने छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी आज भोटो देखाउने दिन उपत्यकाका ३ वटै शहरमा सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा आज अपराह्न ५ बजे भोटो देखाउने बताइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ।

वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ । गृह मन्त्रालयले मर्यादित रूपमा पर्व मनाउन आग्रह पनि गरेको छ। मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो यकिन छैन । यो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको कथन छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया