२३ भाद्र २०८१, आइतबार | September 8, 2024

आज पनि सरकारको नीति तथा कार्यक्रममा छलफल हुने


0
Shares

काठमाडौं, ८ जेठ । संसद बैठकमा आज पनि सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रम गत जेठ ५ गते संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आइतबारको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए । आव २०८०/८१ को नीति तथा कार्यक्रम माथि आजदेखि ११ जेठसम्म छलफलका लागि समय तोकिएको छ ।

प्रतिक्रिया