३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतसँग कालापानीको विषय उठाएर देखाउन प्रचण्डलाई ओलीको चुनौती


0
Shares

काठमाडौं, ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट मातृभूमिको रक्षा हुन नसक्ने टिप्पणी गरेका छन् । उनले सरकारको प्रस्तावित नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी रहेको नेपालको नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् ।

आज आइतवार संसदमा बोल्दै ओलीले भने, ‘यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ?’

ओलीले प्रचण्डको भारत भ्रमणमा सीमा समस्याबारे खुलस्त कुरा गर्नुपर्ने बताए । खुलस्त कुरा गरेर मात्र समस्या समाधान हुने उनको भनाई थियो ।

२०७८ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नेपालको नयाँ नक्शा बनाइएको थियो । त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए । उक्त भू-भाग भारतको नियन्त्रणमा छ । यो विषय दलहरुको राजनीतिक अस्त्र बन्दै आएको छ ।

प्रतिक्रिया