३० असार २०८१, शनिबार | July 14, 2024

‘बौलाहा मेयर’ को जवाफ दिैंदै हर्कले रिमाललाई भने–‘एमालेको भुसुनो’


0
Shares

काठमाडौं, ७ जेठ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई ‘एमालेको भुसुनो’को रुपमा टिप्पणी गरेका छन् । साम्पाङलाई शनिबार अखिल नेपाल महिला संघ अनेमसंघको दोस्रो बैठकमा रिमालले ‘बौलाह मेयर’भन्दै टिप्पणी गरेका थिए ।

एमाले नेता रिमाललाई लक्षित गर्दै मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्,‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ ।’ अब आउने चुनावमा रिमाललाई जनतालाई देखाइदिने पनि उनको दाबी छ ।

रिमालले धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालले हजारौं लाइक पाउने तर ओलीको सामाजिक सञ्जालमा लाइक कम आएको भन्दै उनले कार्यकर्ता समक्ष आक्रोस पोखेका थिए ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया