१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दाङको देउखुरीमा बस दुर्घटना हुँदा आमाको मृत्यु, दुइ छोरा घाइते


0
Shares

काठमाडौं, ५ जेठ । दाङको देउखुरीमा आज बिहान दुुइटा बस आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर रोल्पा रुन्टीगढी ९ की शोभा परियारको मृत्यु भएको छ । उनका २ छोरासमेत घाइते भएका छन् । लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ५ ४८९८ नम्बरको बस लमही ३ मा ठोक्किएको हो ।

घाइतेहरुलाई उपचारका लागि लमही पठाइएको प्रहरीले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया