नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उडान भर्ने

काठमाडौं, ४ जेठ । नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियामा नियमित उडान सुरु गर्ने भएको छ ।
एयरलाइन्सले जेठ २९ गते देखि मलेसियामा नियमित उडान सुरु गर्ने घोषणा गरेको हो ।
एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।