३ आश्विन २०८१, बिहिबार | September 20, 2024

टोपबहादुर रायमाझी अदालतमा पेश


0
Shares

काठमाडौं, १ जेठ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गिरफ्तारपछि अदालतमा पेश गरिएको छ । आइतवार राति रायमाझीलाई काठमाडौंबाट गिरफ्तार गरिएकोमा आज अदालत पेश गरिएको हो ।

नेकपा एमालेका सचिव समेत रहेका रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौं ठगीको आरोप छ । उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले दुई हप्ता अघि नै पक्राउ गरेको थियो ।

यो घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको जालो तोड्दै प्रहरीले हाइप्रोफाइललाई धमाधम पक्राउ गरेको छ । अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन् । केही व्यक्ति फरार छन् ।

नक्कली शरणार्थी प्रकरणमा दशौं करोड ठगीको उजूरी परेपछि नेपाल प्रहरीले छानविन गरिरहेको छ । यो विषय सडक र सदन समेत चर्किएको छ ।

प्रतिक्रिया