४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पासीकोटबाट टोपबहादुर रायमाझी पक्राउ


0
Shares

काठमाडौं,३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फरार थिए । रायमाझीका छोरा सन्दीप भने २० वैशाखमा नै पक्राउ परिसकेका छन् ।

उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया