११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

कर्नाटकमा कांग्रेसले पायो बहुमत, पराजय स्वीकार्दै मुख्यमन्त्रीले दिए राजीनामा


0
Shares

एजेन्सी, ३१ वैशाख । भारतको कर्नाटकमा भएको विधानसभाको चुनावमा कांग्रेसले बहुमत पाएको छ । २२४ सदस्यीय विधानसभामासबैभन्दा धेरै कांग्रेसले १३५ सिट जितेको छ भने भाजपाले ६६ सिट मात्र जितेको छ ।

कर्नाटकमा कांग्रेसको जितमा प्रधानमन्त्री मोदीले कांग्रेस पार्टीलाई बधाई दिएका छन्। उनले भने,“कर्नाटक विधानसभा चुनावमा विजयी भएकोमा कांग्रेस पार्टीलाई बधाई छ। जनताको आकांक्षा पूरा होस् भन्ने मेरो शुभकामना।“

कर्नाटक विधानसभा चुनावमा भाजपाको पराजयपछि कर्नाटकका मुख्यमन्त्री तथा भाजपा नेता बसवराज बोम्मईले राज्यपाल थावरचन्द गहलोतलाई राजीनामा बुझाएका छन्। यस क्रममा उनले भने, ‘मैले गभर्नरसँग समय मागेको थिएँ र राजीनामा बुझाएको थिएँ, राजीनामा स्वीकृत भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया