२३ भाद्र २०८१, आइतबार | September 8, 2024

शितलनिवास छाडेपछि पूर्वराष्ट्रपति भण्डारीले विमोचन गरिन् भारतविरुद्धको पुस्तक


0
Shares

काठमाडौं, ३० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शितलनिवास छाडेपछि पहिलोपटक सार्वजनिक रुपमा बोलेकी छिन् । उनले यो बोली भारतविरोधी एउटा पुस्तकको विमोचनमा आएको हो ।

भण्डारीले भारतसँग नेपालको सीमा स्पष्ट राख्नुपर्ने बताएकी छिन् । उनले भारतलाई नेपालको भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्न पनि आग्रह गरेकी छिन् ।
भारतसँग विवाद रहेको भूमीसम्बन्धी पुस्तकको विमोचन गर्दै भण्डारीले आज शनिवार यो भनाई राखेकी हुन् । डा. अच्युत गौतम र डा. सुरेन्द्र भण्डारीले लेखेको पुस्तक लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा छ ।

राष्ट्रपतिको पदावधि सकिएपछि पहिलोपटक सार्वजनिक रुपमा भण्डारीले भारतसँगको सीमाको विषयमा बोल्नुलाई अर्थपूर्ण मानिएको छ । उनले भारतको अधिनमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको बताइन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको अधिनमा रहेपनि नेपालले सन् २०७७ मा जारी गरेको नयाँ नक्शामा उल्लेख गरेको छ । त्यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । भण्डारी राष्ट्रपति हुँदा नयाँ नक्शाको प्रमाणिकरण भएको थियो । यसले दुई देशबीच सीमा विवाद चर्काएको थियो ।

भण्डारीले छिमेकी देशसँग कूटनीतिक माध्यमले सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले कूटनीतिक भूमिका निभाउँदा राजनीतिक दल र नेताहरुलाई संवेदनशील हुन आग्रह पनि गरिन् ।

आफ्नो राष्ट्रिय हित र सुरक्षामा संवेदनशील बनिरहँदा अर्को राष्ट्रको हित र सुरक्षामा पनि त्यत्तिकै संवेदनशील बन्नुपर्ने बताइन् । यो विषयमा संवेदनशील हुन आग्रह पनि गरिन् ।

पूर्वराष्ट्रपति भण्डारी फेरि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहँदा पछिल्लो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया