३१ भाद्र २०८१, सोमबार | September 17, 2024

लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न ८२ राजनीतिक दललाई आयोगको निर्देशन (सूचनासहित)


0
Shares

काठमाडौं, २९ वैशाख । निर्वाचन आयोगले ८२ दललाई लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष २०७८/७९ को परीक्षण प्रतिवेदन सार्वजनिक गर्न ऐन २०७३ को दफा ४१ को उपदफा १ बमोजिम दर्ता भएका ८२ राजनीतिक दलहरुलाई निर्देशन दिएको हो ।

कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गरेपनि सार्वजनिक नगरिएको भन्दै ७ दिनभित्र सार्वजनिक गरी त्यसको विवरण आयोगमा पेश गर्न निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया