२ माघ २०८१, बुधबार | January 16, 2025

इमरान खान रिहा,भोलि अदालतमा पेश गरिने


0
Shares

एजेन्सी, २८ वैशाख । पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानको गिरफ्तारीलाई गैरकानूनी भनेको छ । खानलाई पक्राउ गरेपछि देशभर हंगामा मच्चिएको छ । यसैबीच सर्वोच्च अदालतले उनलाई आज अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सुनुवाइका क्रममा अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई पक्राउ गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएको छ ।

पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियाल, न्यायाधीश मुहम्मद अली मजहर र न्यायमूर्ति अतहर मिनाल्लाहको तीन सदस्यीय इजलासले खानलाई अदालतमा पेश गर्न निर्देशन दिएको हो । बेन्चले अल–कादिर ट्रस्ट मामिलामा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षको गिरफ्तारी विरुद्धको याचिकामा पहिले नै सुनुवाइ गरिसकेको थियो।

मुद्दाको सुनुवाइका क्रममा बेन्चले ७० वर्षीय खानलाई इस्लामावाद उच्च अदालत परिसरबाट पक्राउ गरेकोमा असन्तुष्टि व्यक्त गरेको थियो। इमरान खान लाहोरको एउटा मुद्दामा उच्च अदालत पुगेका थिए । इजलासले एनएबीलाई स्थानीय समय अनुसार अपरान्ह ४ः३० बजेभित्र पेश गर्न निर्देशन दिएको छ । त्यसपछि अदालतको कारबाही सुचारु हुनेछ ।

साथै मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश बण्ड्यालले अदालत परिसरबाटै व्यक्तिलाई कसरी पक्राउ गर्न सकिन्छ ? मुद्दामा अदालतले रजिष्ट्रारको अनुमतिबिना कसैलाई पनि अदालतबाट पक्राउ गर्न नपाइने बताएको छ । अदालतले परिसरमा प्रवेश गर्नु नै आत्मसमर्पण गर्नु हो भनेका छन् । अब प्रश्न यो छ कि आत्मसमर्पण गरेपछि कसरी गिरफ्तार हुन्छ ! प्रधानन्यायाधीशले कुनै व्यक्तिले अदालतमा आत्मसमर्पण गरेको भए गिरफ्तार गर्ने के अर्थ भएको टिप्पणी गरे ।

इमरान खानलाई गत मंगलबार इस्लामावाद हाईकोर्टबाट पक्राउ गरिएको थियो । त्यसपछि बुधबार उनलाई अल–कादिर ट्रस्ट मुद्दामा आठ दिनको लागि एनएबीलाई सुम्पिएको थियो। त्यसपछि इमरान खानले बुधबार सर्वोच्च अदालतमा आफ्नो गिरफ्तारी विरुद्धको ल्ब्द्य वारेन्ट खारेज गर्न र गिरफ्तारीलाई ’गैरकानूनी’ घोषणा गर्न माग गरेका थिए।

प्रतिक्रिया