२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्ड ‘जनयुद्ध’ कै जस्तो आक्रामक बन्ने


0
Shares

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध ‘जनयुद्ध’ कै जस्तो आक्रामक बन्ने उद्घोष गरेका छन् । उनले भ्रष्टाचारको नयाँ लडाईं सुरु भएकाले जनतालाई ‘जनयुद्ध’ कै जस्तो साथ दिन अपिल पनि गरेका छन् ।

आज मङ्गलवार काभ्रे जिल्लाको कार्यक्रममा प्रचण्डले जनयुद्धको जस्तै साथ आफूलाई चाहएको बताए । उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै साथ सहयोगको आवश्यकता छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान अगाडि बढाइरहँदा प्रचण्डको भनाई आएको हो । उनले यो प्रकरणमा आफूमाथि दबाब र धम्की आइरहेको समेत बताइसकेका छन् । विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई भेटेर दबाब दिएको विषय बाहिर आएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा एमालेका नेता र तिनका परिवारका सदस्य कारबाहीमा परेका छन् । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँडका अलावा विभिन्न हाइप्रोफाइलको नाम यो प्रकरणमा जोडिएको छ ।

नेपालको संसद अहिले यही विषयले तात्तिएको छ । संसदमा गर्मागर्मी बहस नक्कली शरणार्थी प्रकरणमा भइरहेको छ ।

प्रतिक्रिया