२३ भाद्र २०८१, आइतबार | September 8, 2024

कहिले भत्कन्छन् टुकुचा खोलामाथि बनेका संरचना ?


0
Shares

काठमाडौँ, २५ वैशाख । काठमाडौं उपत्यकाको गर्विलो इतिहास बोकेको टुकुचा खोलामाथि बनाइएको संरचना अब चाँडैनै भत्काउने प्रक्रिया अघि बढ्ने भएको छ ।

उच्च अदालत पाटनले टुकुचा खोला, खोला नै भएकोे फैसला सुनाएको छ । काठमाडौँ उपत्यकाको इतिहास बोकेको खोला नभई ढल भएको भन्दै अदालतमा परेको मुद्दामा यस्तो अदालतले यस्तो फैसला गरेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले तत्काल खोला मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम चाँडै सुरु गर्ने जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर साहले टुकुचा खोला अर्थात् इच्छु मति नदिको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व भएको र यो प्रमाणित न्यायलयबाटै भएको भन्दै तत्काल खोला अधिग्रहण गरिएका संरचना हटाउन सुरु गर्ने जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्,‘केहिदिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वाेत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।’

प्रतिक्रिया