६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

नेपाली नागरिकता लिने १० भारतीय मिठाई व्यापारी पक्राउ


0
Shares

काठमाडौं, २४ वैशाख । नेपाली नागरिकता लिएर व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेहरु भारतको उत्तर प्रदेश बलिया जिल्लाका भएको प्रहरीले खुलाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले पक्राउ परेकाहरुले नक्कली कागजात पेश गरी विभिन्न जिल्लाबाट नेपाली नागरिकता लिएका थिए ।
पक्राउ पर्नेहरुले नेपाली नागरिकता लिई घरजग्गा समेत खरिद गरेका थिए । उनीहरुलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश वलिया जिल्ला घर भएका भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रवेश गुप्ता, भरत गुप्ता, स्नेहलता गुप्ता, मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक रहेको प्रहरीको अपराध अनुसन्धानका सूचना अधिकारी रविन्द्र रेग्मीले बताएका छन् ।

प्रतिक्रिया