३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आदिपुरुषको ट्रेलर रिलिज हुँदै, प्रभास–कृति राम र सीताको भूमिकामा देखिने


0
Shares

नयाँ दिल्ली, २३ वैशाख । ओम राउतको फिल्म आदिपुरुषलाई लिएर दर्शकमाझ निकै क्रेज देखिएको छ । बाहुबली स्टार प्रभास र अभिनेत्री कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’ चाँडै नै हलमा रिलिज हुँदैछ ।

यो फिल्मसँग सम्बन्धित अपडेटहरू लगातार बाहिर आइरहेका छन्। फिल्मलाई लिएर विवाद पनि चलिरहेको छ । हालसम्म फिल्मका धेरै पोस्टहरु बाहिर आएका छन् । यसैबीच, अब आदिपुरुषका निर्माताले यसको ट्रेलरको रिलिज मिति घोषणा गरेका छन् ।

आदिपुरुषका निर्देशक राउतले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा आफ्नो आगामी फिल्म आदिपुरुषको ट्रेलरको बारेमा ठूलो जानकारी दिएका छन् । ट्विटर आदिपुरुषको पोस्ट सेयर गर्दै ओमले ट्रेलरको रिलिज मिति घोषणा गरेका छन् । ओम राउतले ट्विटरमा लेखेका छन्, ’ट्रेलर मे ९, २०२३ मा रिलिज हुँदैछ।’ ओमले प्रभासको तस्विर सेयर गरेको देख्न सकिन्छ । जसमा उनी धनुष बोकेका छन् ।

भर्खरै सीता नवमीको अवसरमा ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ को ‘राम सिया राम’ को अडियो टिजर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा दर्शकसामु राखिएको यो अडियो टिजरको क्याप्सनमा माता सीताको वर्णन गरिएको छ । आदिपुरुष १६ जुनमा हलमा रिलिज हुँदैछ । ओम राउतले निर्देशन गरेको आदिपुरुषमा प्रभास र कृति सेननका अलावा सैफ अली खान र सन्नी सिंह पनि महत्वपूर्ण भूमिकामा छन् ।

प्रतिक्रिया