कसले गर्यो डिउटीमा खटिएका सइलाई खुकुरी प्रहार

धनगढी, २३ वैशाख । कञ्चनपुरमा एक सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार भएको छ । डिउटीमा खटिएका एक जना सइमाथि स्थानीय युवाहरुले खुकुरी प्रहार गरेका हुन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति १० बजे युवाहरुको समुहले खुकुरी प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसार युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो । उनको बायाँ पाखुरामा चोट लागेको छ ।