१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संखुवासभा हेलिकोप्टर दुर्घटनामा ५ मध्ये २ को अवस्था चिन्ताजनक


0
Shares

काठमाडौं, २२ वैशाख । संखुवासभामा भएको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये दुई पाइलटको स्थिति चिन्ताजनक रहेको छ । हेलिकोप्टरमा दुई पाइलटसहित पाँचजना सवार रहेकोमा उनीहरुको अवस्था चिन्ताजनक रहेको हो ।

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले तीनजना घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको जानकारी दिए । माथिल्लो अरुण जलविद्युत आयोजनाको पावरको सामान लाँदै गर्दा हेलिकोप्टर दुर्घटना भएको घिमिरेले बताए । घटनामा घाइतेमध्ये तीनजनालाई काठमाडौं ल्याइएको छ । बाँकी २ जना सामान्य घाइते भएकाले संखुघमिरेवासभामै उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारमा सेना र प्रहरीको टोली खटिएको छ । तस्बिर स्रोतः थोमन नाछिरिङ

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया