१२ श्रावण २०८१, शनिबार | July 27, 2024

स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि बजेटमा व्यवस्था गर्छौं : मन्त्री रिजाल


0
Shares

काठमाडौँ, २२ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

बिहिबार उद्यमी घरको शुभारम्भ एवं बृहत मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताउनु भएको हो । स्वदेशी उत्पादनको बजारीकारणका लागि उद्योग मन्त्रालय सदैव लागि पर्ने विश्वास लिदाउदै मन्त्री रिजालले बजेटमा स्वदेशी उत्पादनको प्रवर्द्धनलाई विशेष व्यवस्था गरिने बताउनु भएको छ ।

मन्त्री रिजालले विदेश भ्रमणका क्रममा नेपालको तर्फबाट लगिने उपहारमा नेपाली उत्पादनलाई नै प्रयोगमा ल्याउन मन्त्रीपरिषदमा समेत पहल गर्ने स्पष्ट पार्नु भएको छ ।

नेपालि उत्पादन मार्फत नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय जगतमा समेत परिचित गराउन मन्त्री रिजालले उद्यमीहरुलाई आग्रह गर्नु भयो ।
मन्त्री रिजालले उद्यमी घरले घरेलु हस्तकला, कृषि तथा नेपालि उद्यमीहरुले गरेका उत्पादनहरुको बृहत प्रदर्शनी गरेर उद्यमीहरु तथा उपभोगकर्ताका लागि प्रसंशनीय काम गरेको समेत बताउनु भयो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया