१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सर्बियामा १३ वर्षीय किशोरले कक्षा कोठामा गोली चलाए, आफ्नै ९ जना साथीको मृत्यु


0
Shares

एजेन्सी, २१ वैशाख । सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार एक विद्यार्थीले गोली चलाएका छन् । गोली लागेर उनकै कक्षाका साथीहरु ९ जनाको घटनास्थलमै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गोली लागेर एकै कक्षाका विद्यार्थीहरुको मृत्यु भएको हो । केही गम्भीर घाइते भएका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

फायरिङ १४ वर्षका किशोरले गरेका थिए । उनी कक्षा ७ मा पढ्छन् । उनी पक्राउ परेका छन् । विद्यालय खाली गराएपछि प्रहरीले सिल गरेको छ । मिडिया रिपोर्टका अनुसार आक्रमणमा विद्यार्थीसँगै केही शिक्षक पनि घाइते भएका छन् । उनी भाग्न खोजेपनि असफल भए । एक सुरक्षा गार्ड पनि घाइते भएका छन् । गृह मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको बताएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । विद्यालय प्रसाशनले भने गोली चलाउने विद्यार्थी ‘ब्रिलियन्ट स्टुडेन्ट’ भएको जनाएको छ ।

आठ विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । तर, अधिकांश सञ्चारमाध्यममा मृत्यु हुने विद्यार्थीको संख्या ९ जना रहेको बताइएको छन् । आक्रमण लगत्तै विद्यालयबाहिर अभिभावकको भीड जम्मा भएको थियो ।

प्रहरीको अनुसार आरोपी सोही विद्यालयको कक्षा ७ का विद्यार्थी हुन् । गोली चलाएपछि उनी घटनास्थलबाट भाग्न खोजेका थिए । पछि उनलाई विद्यालय बाहिरबाट पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्न प्रहरी र विद्यालयका सुरक्षाकर्मीले कडा मेहनत गरेका थिए । एक प्रहरी अधिकारीले भने– मैले एक सुरक्षा गार्ड टेबुलमुनि लुकेको देखेँ। उनलाई पनि गोली लागेको छ । कक्षा कोठा बाहिर दुई बालिका घाइते अवस्थामा फेला परेका छन् ।

विद्यालय व्यवस्थापनले घटना के कारणले भएको हो त्यसबारे कुनै जानकारी दिएको छैन । विद्यालयमा अभियुक्तको ट्र्याक रेकर्ड धेरै राम्रो छ। उनी केही दिनअघि मात्रै यस विद्यालयमा आएका थिए । उनले यो घटना किन गराए भन्नेबारे अनुसन्धान भइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया