२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित भारत जाँदै


0
Shares

दुई महिनाको बीचमा दोस्रोपटक भारत भ्रमण जानुको रहस्य के हो ?

काठमाडौं, २१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि १० दिने भारत भ्रमणमा जाने भएका छन् । पछिल्लो समय शाहले देश दौडाहामा सक्रियता बढाइरहेका पूर्वराजा शाह दुई महिनाको बीचमा दोस्रोपटक भारत भ्रमण जान लागेका हुन् ।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका शाह परिवारका सम्पूर्ण सदस्यसहित भोली वैशाख २२ गतेदेखि भारतको लखनउ जाने कार्यक्रम रहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणा र व्यवस्थापनमा पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा, पूजालगायत दुई दर्जन टोली भारत भ्रमणमा निस्कन लागेको बुझिएको छ ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले मौन नबस्ने संकेत गरेका गर्दै सडक र सदनबाट हिन्दुराज्य र राजतन्त्रको मुद्दामा दलहरूलाई सहकार्यका निम्ति आह्वान गरेका थिए ।

प्रतिक्रिया