CAR बीमा दाबी व्यवस्थापनमा नेपाल बीमा सर्भेयर संघको विशेष तालिम
काठमाडौं,६ साउन । नेपाल बीमा सर्भेयर संघ (NISA) ले “Handling CAR Insurance Claims: From Site Inspection to Report Writing” विषयमा एकदिने विशेष तालिम कार्यक्रम आयोजना गर्ने भएको छ।
निर्माण (Construction All Risk–CAR) बीमा दाबीको स्थलगत निरीक्षणदेखि प्रतिवेदन लेखनसम्मका सम्पूर्ण प्रक्रियामा व्यावहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम २०८३ साल साउन १७ गते (२ अगस्ट २०२६), आइतबार, बिहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म होटल साङ्ग्रिला ब्लु, मैत्री मार्ग, ललितपुर मा सञ्चालन हुनेछ। कार्यक्रमपछि सहभागीहरूका लागि हाइ-टी को समेत व्यवस्था गरिएको छ।
तालिमका प्रशिक्षक इ. जगन्नाथ गौतम रहनेछन् । उनी सिभिल इन्जिनियर, निर्माण व्यवस्थापनमा स्नातकोत्तर (MSc), बीमा सर्भेयर तथा टेक्निकल अडिटर हुन् । तालिममा CAR बीमा दाबीको स्थलगत निरीक्षण, क्षतिको मूल्याङ्कन, आवश्यक कागजात व्यवस्थापन तथा व्यावसायिक प्रतिवेदन लेखन सम्बन्धी व्यावहारिक पक्षमा प्रशिक्षण प्रदान गरिनेछ।
यो तालिम बीमा सर्भेयर, इन्जिनियर तथा चार्टर्ड एकाउन्टेन्ट (CA) हरूका लागि लक्षित गरिएको छ। प्रभावकारी सिकाइ सुनिश्चित गर्न २५ जना सहभागी मात्र सहभागी गराइने भएकाले इच्छुकलाई समयमै दर्ता गर्न आग्रह गरिएको छ ।
सहभागिता शुल्क NISA सदस्यका लागि ५ हजार, गैरसदस्यका लागि ८ हजार तथा कर्पोरेट सहभागीका लागि १० हजार रुपैयाँ निर्धारण गरिएको छ । तालिम सम्पन्न गरेका सबै सहभागीलाई प्रमाणपत्र (Certificate of Participation) प्रदान गरिनेछ ।
थप जानकारी तथा दर्ताका लागि ९८५१४५५४०० मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने नेपाल बीमा सर्भेयर संघले जनाएको छ।



