२३ भाद्र २०८१, आइतबार | September 8, 2024

चरित्रहत्या गर्ने मनसायले केहीले निराधार आरोप लगाए : आरजु राणा


0
Shares

काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय सदस्य डा.आरजु राणाले पछिल्ला केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले निराधार र कपोकल्पीत आरोप लगाएको टिप्पणी गरेकी छिन् ।

आज एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा सदस्य राणाले कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार नभएको बताएकी छिन्।

केही व्यक्तिहरु नियोजीत रुपमा आफ्नो चरित्रहत्या गर्ने उद्देश्यका साथ संचार माध्याममा अन्तर्वार्ता दिदै गाली बेइज्जतीमा उत्रिएको उल्लेख गर्दै त्यसप्रति खेद प्रकट गरेकी छिन् ।

‘तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजीत रुपमा म बिरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुदै नभएका आधारहिन बिभिन्न बिबादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण संचार माध्यम र संचारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.राणाले लेखेकी छिन्,‘हरेक जसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजीत रुपमै मेरो बिरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहिन, निराधार, तथ्यहिन र चरित्रहत्या गर्ने दुसित उदेश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह गर्दछु।’

प्रतिक्रिया