नेपालले पायो सातौं सफलता

काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपको फाइनल खेल किर्तिपुरस्थित क्रिकेट मैदानमा जारी छ । टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको युएईले सातौं विकेट गुमाएको हो ।
सातौं विकेट नेपालका सन्दीप लामिछानेले लिए । उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए भने युएईले २५.४ ओभरमा ७ विकेट गुमाउँदा १०३ रन जोडेको हो । रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे ।
सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झा ले एक एक विकेट लिंदा सन्दीप र करण केसीले २÷२ विकेट लिइसकेका छन् ।