३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रास्वपाको बैठक अघि सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, भ्रष्टाचारको फाइल खोल्न तयार


0
Shares

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन् ।

सोमबा बिहान प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा दाहालले रास्वपा सरकारमा आए जो कसैको पनि भ्रष्टाचारको फाइल खोल्न तयार रहेको बताएका हुन् ।

उनले भने,‘तपाई आउनुस्,भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार छौं ।’ सरकारमा आउनेबारे लामिछाने पनि सकरात्मक भएको उनको दाबी थियो । रविले पहिल्यैकै मन्त्रालय चाँही नपाउने दाहालले संकेत गरेपनि पुरानै मन्त्रालय खोज्नुलाई अस्वभाविक नभएको उनको भनाई थियो । रास्वपाले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ । आजै दलको नेता चयन गर्ने पार्टीको तयारी छ ।

प्रतिक्रिया