१० माघ २०८१, बिहिबार | January 23, 2025

नेपाल समृद्धि र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश : प्रधानमन्त्री दाहाल


83
Shares

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको बताएका हुन् ।

किसान र मजदूरलगायतको बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र कीर्तिमानकै कारण आज देशमा गणतन्त्र स्थापना भएको उनको भनाइ छ ।

उनले मजदुर दिवसको अवसर पारेर नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदूरको हक, हित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गरेका छन् ।

प्रधानमन्त्री दाहालले नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउने ऐतिहासिक जिम्मेवारी रहेको स्मरण गराउँदै त्यो जिम्मेवारी पूरा गर्न आफू अनवरतरुपमा लागिरहने प्रतिबद्धता समेत गरेका छन् ।

 

प्रतिक्रिया