१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हत्या आरोपित सांसद कोइरीको बिरामी बिदा अस्वीकृत, सभामुखले गर्लान त कारबाही


0
Shares

काठमाडौं, १६ वैशाख। हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा दिने प्रस्ताव संसद्बाट अस्वीकृत भएको छ ।

हिजो (शुक्रबार) साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो ।

केही दिनअघि सांसद कोइरीले आफू बिरामी भएको पत्र संसद् सचिवालयमा पठाएका थिए । त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए ।

तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।

रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको थियो ।

आगामी संसद् अधिवेशनमा कोइरीबारे कानुनबमोजिम कारबाही गर्ने सभामुखको प्रतिबद्वता जनाएका छन् । समाचारपत्र

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया