१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भ्रष्टाचार मुद्दामा मुछिएका पौडेललाई एमालेले अर्थ समितिको सभापति बनाउने तयारी


0
Shares

काठमाडौं, १५ वैशाख । नेकपा (एमाले)ले भ्रष्टाचार मुद्दामा मुछिएका पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अर्थ समितिको सभापति बनाउने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबार संसदीय समितिमा रहने सांसदहरुको नाम बुझाएको हो । प्रमुख दलहरुबीचको सहमति अनुसार एमालेले सार्वजनिक लेखा र अर्थ समितिको सभापति पाउनेछ ।

पौडेल अध्यक्ष ओलीका विश्वासिला नेता मानिन्छन् । उनी पटकपटक भ्रष्टाचार मुुद्दामा मुछिएका पात्र हुन् । उनीसँग जनता रुष्ट भएपनि ओलीले उनलाई प्रचण्ड नेतृत्वको सरकारको अर्थमन्त्री समेत बनाए । अब फेरी पौडेललाई अर्थ समितिको सभापति बनाउने लविङ भइरहेको बुझिएको छ ।

त्यसैगरी, पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाम अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छ भने योगेश भट्टराई, गोकुल बास्कोटा,अच्युत मैनाली, दामोदर भण्डारी लगायत पर्यटन समिति र सार्वजनिक लेखा समितिमा रहेका छन् ।

अर्थ समितिमा पौडेल, पदम गिरी, जुली महतो, सुर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर रहेका छन् ।

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी रहेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया