५ वर्षभित्र बुङ्गल नगरपालिकाका लागि देखेको सबै सपना साकार पार्नेछु : मेयर धामी
सन्जिब कार्की । १४ वैशाख । चुनावी मैदानमा होमिदै गर्दा देखेका सपना पुरा गर्न लाग्नुभएको छ जयबहादुर धामी । सुदूरपश्चिम प्रदेश अन्तर्गतको बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका मेयर धामीले ५ वर्ष भित्र आफूले देखेको विकासको सपना पूरा गरिछाड्ने अठोट लिनुभएको छ ।
जनतामाझ गरेका प्रतिबद्धता समयमै पुरा गर्न खोजे पनि विभिन्न बाधा अड्चन आउने उहाँको भनाइ छ । धेरै स्थानीय तहमा पर्याप्त मात्रामा जनशक्तिको अभाव छ । बुङ्गल नगरपालिकामा केही स्थान छन् जहाँ वर्षामा सवारी साधन जानै सक्दैनन् । ती ठाउँमा बाह्रै महिना गाडी जाने प्रबन्ध मिलाउने उहाँको योजना छ । आगामी वर्ष १० विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्ययन गराउने र ३–४ वटा स्कुललाई मा.वि. बनाउने उहाँको मुख्य लक्ष्य रहेको छ । मेयर धामी नगरपालिकाभित्रका समस्या बोकेर संघीय मन्त्रालय काठमाडौं आएको मौकामा नेपालपेन डटकमले गरेको कुराकानीको सम्पादित अंश
काठमाडौं किन आउनुभयो ?
विभिन्न मन्त्रालयमा योजनाहरु पेश गर्न काठमाडौं आएको हु । नगरपालिकाको भवन बनाउने, एउटा÷दुइटामा तटबन्धन गर्ने, पक्की पुल,बाटाघाटालगायतका समस्या बोकेर यता आए र सम्बन्धित मन्त्रालयमा डकुमेन्ट पेश गरिसकेको छु । हाम्रो नगरमा ढुंगाखानी छ, विगतमा नगरपालिकाको सिफारिसमा कार्यपालिकाले निर्णय गरेर काठमाडौंतीर ढुंगा निकासा हुन्थ्यो तर अहिले निकासा रोकिएको छ । त्यसका लागि भुगर्व तथा खानी विभागमा गएर केही समन्वय पनि गरे । सामान्य प्रशासन मन्त्रालयले केही कार्यविधिहरु बनाउन पर्नेरहेछ, हामीसँग करिब ४ करोड जत्तिको म्याट्रियल छ त्यसको निकासा हुन पाएको छैन, त्यसबाट पालिकालाई २५–३० लाख रोयल्टी आउँछ, त्यो गर्न पाए नगरवासीहरुले ४ करोड भन्दा बढीको आम्दानी गर्छन् । त्यसको लागि कागजी डकुमेन्ट बुझ्न र अगाडी बढाउन काठमाडौं आएको हो ।
पछिल्ला समयमा नगरपालिकाले के काम गरिरहेको छ ?
चुनाव अघि बनाएका योजना÷बजेट वितरण गर्ने सुनाएका थियौ त्यसलाई कार्यान्वयन गर्नका लागि हामी ब्यस्त छौं ।
चुनाव अघिका एजेण्डा/योजना कार्यान्वयनका लागि कसरी अघि बढ्नु भएको छ ?
जुन एजेण्डा लिएर जनतामाझ गएका थियौं त्यसलाई शतप्रतिशत पुरा गर्ने तरिकाले त हिड्न सकेको छैनौं । विभिन्न तरिकाले बजेटहरु पनि सानो हुने, विभिन्न साथीहरुको इच्छा आकांक्षा पनि विभिन्न खाले भएकोले त्यसरी जान सकिएको छैन् । विशेष गरी त्यहाँको आधारभुत आवश्यकताहरुलाई परिपुर्ति गर्न अगाडी बढेका छौं । मुख्य भनेको बाटाघाटा नै हुन् । सबै जनताले खोजिरहेका हुन्छन्, पहिला अलिअलि ट्राक खोलेका थिए तिनीहरुलाई मर्मत गरी अलि राम्रोसँग सुचारु गर्ने तिर लागेका छौं ।
स्वास्थ्य क्षेत्रको विकासका ला�

