२३ भाद्र २०८१, आइतबार | September 8, 2024

चरा ठोकिएको भ्रम फैलाउने दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक


0
Shares

काठमाडौं, वैशाख १३ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको अभियोगमा दुई म्यानेजरले विमानस्थल प्रवेश गर्न नदिने भएको छ ।

सोमबार राति ९ः२० बजे विमानस्थलबाट दुुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको प्रमाण नभेटिएको भन्दै २ जनालाई कारबाही गरेको हो । आधिकारीक पेजबाट चरा ठोक्किएको जानकारी गराएर भ्रम फैलाएको भन्दै दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजर कारबाहीमा परेका हुन् ।

प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ भने उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारेको छ ।

जहाजको एउटा इन्जिनमा समस्या आएपनि अर्को इन्जिनले काम गर्न सक्छ । अर्को इन्जिनले उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको विमानबारे भ्रम फैलाएको उनीहरुमाथि आरोप लागेको छ ।

उडेको केही समयमा नै जहाजको एउटा इन्जिनमा आगो लागेको थियो । उडिरहेको विमानबाट आगोको झिल्को र ठूलो आवाज पनि आएको थियो। उपत्यकाका अधिकांश मानिसहरुले आकाशमा उडिरहेको जहाज हेरिरहेका थिए । उडिरहेको जहाजको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

 

प्रतिक्रिया