रवि लामिछाने २९ हजार मतान्तरसहित लिड गर्दै
काठमाडौं, १२ वैशाख । चितवन–२ मा २९ हजार बढी मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लािमछानेले अग्रता लिइरहेका छन्।
लामिछानेले हालसम्म गणनाको भएको मतअनुसार ३६ हजार १५८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार १४८ मत ल्याएका छन् ।
त्यसैगरी, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ६ हजार ८४० मत प्राप्त गर्दा राप्रपाका जीवलाल पुरीले २५४ मत ल्याएका चौथौ स्थानमा छन् । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछाने निर्वाचित भएका थिए ।
उनको सांसद पद खारेजभएपछि पुनः गत वैशाख १० गते निर्वाचन भएको हो ।