बारा–२ को मतगणना सुरु हुँदै, सर्वदलिय बैठक आह्वान

काठमाडौं, ११ वैशाख । आइतबार सम्पन्न भएको उपनिर्वाचनको बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ ।
सर्वदलिय बैठक आज बिहान ६ बजेका लागि बोलाइएको हो ।
आइतबार राति नै मतपेटिका संकलन कार्य सकिएपनि आज बैठकपछि गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बारा २ को मतगणना शिक्षा तालिम केन्द्र कलैयामा हुनेछ ।